मार्गदर्शन

तपाईंले NHS कोभिड-19 खोप-पश्चातको पत्र अनुरोध गर्नुभयो तर यो आइपुगेको छैन? तपाईंलाई मद्दत गर्नको लागि यहाँ मार्गदर्शक छ।

अद्यावधिक गरियो 21 June 2021

This मार्गदर्शन was withdrawn on

This guidance was withdrawn on 8 December 2023 

The NHS COVID Pass service has now closed. There are no longer any domestic requirements to demonstrate your vaccination status in England. 

The NHS COVID Pass is no longer required to travel abroad to any countries. 

If you are travelling abroad, you should review travel entry requirements for the countries you will visit or travel through. 

The NHS COVID Pass was developed at the height of the pandemic to let you share your COVID-19 vaccination status in a secure way. It was mainly used for international travel, as well as for some domestic purposes, such as entry to venues or events. 

See information about COVID certificates in Guernsey, Jersey and the Isle of Man.

Applies to England

Picture of NHS letter:

पत्रको अगाडिको भागमा के छ

तपाईंले हालसालै आफ्ना कोभिड-19 खोपहरू लगाउनुभएको छ भनी पुष्टि गर्ने पत्र अनुरोध गर्न 119 (कोभिड-19 खोप स्थिति सेवा) मा सम्पर्क गर्नुभयो। दुर्भाग्यवश, हामी यो समयमा पत्र तयार गर्न असमर्थ थियौं। तपाईंको खोप रेकर्डमा तपाईंले संयुक्त अधिराज्यबाट स्वीकृत कुनै पनि कोभिड-19 खोपको दुईवटा मात्रा लगाउनुभएको छ भनी पुष्टि गर्नको लागि सबै आवश्यक जानकारी समावेश हुँदा मात्र पत्र तयार गर्न सकिन्छ।

तपाईंले अब के गर्नुपर्छ

तपाईं संयुक्त अधिराज्यभन्दा बाहिर यात्रा गर्ने योजना बनाउँदै हुनुहुन्छ र आफ्नो खोप लगाएको प्रमाण लिन आवश्यक छ भने, कृपया आफ्ना खोप विवरणहरू लिएर आफ्नो GP अभ्यासलाई सम्पर्क गर्नुहोस्। तपाईं यो सन्दर्भ पनि उपलब्ध गराउन सक्नुहन्छ भने, यसले तिनीहरूलाई मद्दत पुर्‍याउनेछ:

Reason Code कारण कोड Failure Reason असफलताको कारण
3006 3006 No Vaccine Record Found खोप रेकर्ड फेला परेन
3007 3007 No Date for vaccination खोप मिति छेन
3008 3008 0 or 1 vaccinations 0 वा 1 खोप
3009 3009 Vaccine Code not in SNOMED (NHS medical system) खोप कोड SNOMED (NHS चिकित्सा प्रणाली) मा छैन
3011 3011 Not correct interval between vaccinations (not long enough) खोपहरू बीच सही अन्तराल छैन (पर्याप्त अन्तराल छैन)

त्यसपछि, तपाईंको GP अभ्यासले कुन जानकारीले तपाईंको पत्र तयार गर्नबाट रोकिरहेको हुन सक्छ भन्ने बारे बुझ्नको लागि खोप कार्यक्रम र स्थानीय खोप सेवा(हरू) सँग सहकार्य गर्नेछ।

पत्रको पछाडिको भागमा के छ

आफ्नो खोप स्थितिको प्रमाणीकरण प्राप्त गर्ने

तपाईंको रेकर्ड अद्यावधिक भइसकेपछि, तपाईंले आफ्नो खोप स्थिति प्रदर्शन गर्न छनोट गर्न सक्ने दुईवटा तरिका छन्:

  1. तपाईंसँग इन्टरनेट पहुँच र स्मार्टफोन, ट्याब्लेट वा कम्प्युटर छ भने, तपाईंले आफ्नो खोप स्थिति अनलाइनमा हेर्न सक्नुहुनेछ:

● NHS एप प्रयोग गरेर, www.nhs.uk/nhsapp हेर्नुहोस् ● www.nhs.uk/coronavirus मा

तपाईंले यी सेवाहरूका लागि दर्ता गर्नुपर्ने हुन्छ। त्यसपछि, तपाईं यो जानकारी देखाउने PDF फाइल डाउनलोड गर्न वा इमेल प्राप्त गर्न पनि सक्नुहुन्छ।

  1. वैकल्पिक रूपमा, तपाईं 119 मा कल गरेर फेरि आफ्नो कोभिड-19 खोप पत्र अनुरोध गर्न सक्नुहुन्छ।

तपाईं छिट्टै यात्रा गर्ने योजना बनाउँदै हुनुहुन्छ भने तपाईंले यात्रासम्बन्धी नवीनतम सुझाव आफ्नो यातायात वा यात्रा सञ्चालकसँग र वैदेशिक, कमनवेल्थ तथा विकास कार्यालय (Foreign, Commonwealth and Development Office) को वेबसाइट www.gov.uk/foreign-travel-advice मा हेर्न पनि सक्नुहुन्छ।

तपाईंले संयुक्त अधिराज्यभन्दा बाहिर यात्रा गर्ने योजना बनाउँदै हुनुहुन्छ र आफ्ना खोपहरूको प्रमाण लिन आवश्यक छ भने, यो प्राप्त गर्ने सबैभन्दा छिटो तरिका भनेको NHS एप वा NHS वेबसाइट www.nhs.uk/coronavirus प्रयोग गर्नु हो।

कोभिड-19 का लक्षणहरू, परीक्षण, खोप र स्वयं-आइसोलेसन बारे NHS वेबसाइट www.nhs.uk/coronavirus मा फेला पार्नुहोस्।

डाटा सुरक्षा: स्वास्थ्य तथा सामाजिक स्याहार विभाग (Department for Health and Social Care) ले डाटा नियन्त्रकको रूपमा कार्य गरिरहेको छ र कोभिड-19 स्थिति कार्यक्रमका प्रयोजनहरूका लागि तपाईंको व्यक्तिगत डाटा प्रक्रिया गर्नको लागि यो जिम्मेवार छ। थप कुरा जान्नका लागि, तपाईं https://www.gov.uk/government/publications/dhsc-privacy-notice मा हाम्रो गोपनीयता सूचना पहुँच गर्न वा आफ्नो वेबसाइट ब्राउजरमा “DHSC स्थितिको गोपनीयता सूचना” खोज्न सक्नुहुन्छ।