Skip to main content
मार्गदर्शन

आँखा, मुटु, नितम्ब/कम्मरको भाग र शुक्राणु ग्रन्थि (शारीरिक परीक्षण) (Nepali)

अद्यावधिक गरियो 3 जुन 2026

Applies to England

यो छोटो भिडियोमा नवजात शिशुहरूमा आँखा, मुटु, नितम्ब/कम्मरको भाग र शुक्राणु ग्रन्थिको स्क्रिनिङ परीक्षणबारे बताइएको छ।

आँखा, मुटु, नितम्ब/कम्मरको भाग र शुक्राणु ग्रन्थि (शारीरिक परीक्षण)

नवजात शिशुको शारीरिक परीक्षण राष्ट्रिय स्वास्थ्य सेवाद्वारा सिफारिस गरिएको छ।

स्क्रिनिङको उद्देश्य

जन्मेको 72 घण्टाभित्र, तपाईंको बच्चाको टाउको–देखि–खुट्टा सम्मको शारीरिक परीक्षण प्रस्ताव गरिनेछ। यसमा 4 वटा विशेष स्क्रिनिङ परीक्षणहरू समावेश हुनेछ। परीक्षणहरूमा तपाईंको बच्चालाई आँखा, मुटु, कम्मरको भाग र, केटाहरूमा, शुक्राणु ग्रन्थिसँग सम्बन्धित समस्याको आशंका छ कि छैन भनेर जाँच गरिन्छ। यदि समस्याको आशंका गरिएमा, शिशुहरूले चाँडो जाँच र सम्भावित उपचार गरेमा लाभ पुग्छ।

तपाईंको बच्चाको उमेर 6–8 हप्ता भएपछि, प्रायः तपाईंको प्राथमिक चिकित्सा केन्द्रमा पुनः स्क्रिनिङ परीक्षण गरिन्छ। किनभने केही अवस्थाहरू त्यस बेला मात्र विकसित भएका हुन्छन् वा पत्ता लगाउन सकिने हुन्छ।

यी अवस्थाहरूका बारेमा

शारीरिक परीक्षणको प्रत्येक भागमा विभिन्न समस्याहरूको खोजी गरिन्छ।

आँखा

इङ्ल्याण्डमा, प्रत्येक 10,000 शिशु मध्ये करिब 2 देखि 3 जना मोतियाबिन्दु लिएर जन्मिन्छन्। आँखाको भित्रको पारदर्शी लेन्स धुम्म भएमा यस्तो हुन्छ। 50% भन्दा बढी स्थितिमा, दुवै आँखा प्रभावित हुने गर्दछ।

स्क्रिनिङको मुख्य उद्देश्य भनेको यो अवस्थाको पत्ता लगाउनु हो। परीक्षणमा तपाईंको बच्चाका आँखाहरू कस्तो देखिन्छ त्यसको जाँच गरिन्छ, तर यो जाँचले तपाईंको बच्चाले कति राम्ररी देख्छ भनेर बताउन सक्दैन।

मुटु

जन्मजात मुटु रोग (CHD) जन्मको समयमा हुने मुटु सम्बन्धी अवस्थाहरूको लागि प्रयोग हुने शब्द हो। उक्त अवस्थाहरूमा मुटुको संरचना, कार्य र तालमा असर परेको हुन्छ।

संयुक्त अधिराज्यमा शिशुहरू जन्मँदा सँगै आउने सबैभन्दा सामान्य अवस्थामध्ये जन्मजात मुटु रोग एक हो। हरेक 1,000 शिशु मध्ये करिब 8 जनालाई मुटु वा परिसंचरण सम्बन्धी समस्या हुनेछ।

स्क्रिनिङको मुख्य उद्देश्य भनेको जन्मजात मुटु रोगका प्रारम्भिक संकेत र लक्षणहरू पहिचान गर्नु हो। यो हृदयबाट मर्मर अर्थात असामान्य ध्वनि आउने देखि लिएर विशेषज्ञको हेरचाह वा उपचार आवश्यक पर्ने समस्या सम्म हुन सक्छ। मर्मर भनेको रगत हृदयबाट भएर जाँदा उत्पन्न हुने आवाज हो। धेरैजसो स्थितिमा, हृदयबाट मर्मर अर्थात असामान्य ध्वनि सुनिँदा पनि हृदय सामान्य हुन्छ। शिशुहरूमा मर्मर सामान्य हुन्छ, तर यसको अर्थ सधैं समस्या छ भन्ने होइन।

नितम्ब/कम्मरको भाग

शिशुहरू कम्मरको ठीकसँग नबनेको जोड्नी लिएर जन्मिन सक्छन्। यदि उपचार भएन भने, यसबाट लुलो हुने र जोड्नीमा समस्या हुन सक्छ।

हरेक 1,000 नवजात शिशु मध्ये करिब 3 देखि 5 जनालाई हार्नेसद्वारा उपचार आवश्यक पर्न सक्छ।

हरेक 1,000 नवजात शिशु मध्ये करिब 1 देखि 2 जनालाई शल्यक्रिया आवश्यक पर्न सक्छ।

अण्डाशय (टेस्टिकल्स)

बालकहरूको अण्डाशय सही स्थानमा छ वा छैन भनेर सुनिश्चित गर्नलाई उनीहरूको जाँच गरिन्छ। किनभने कहिलेकाहीँ एक वा दुवै अण्डाशय थैली भित्र तल झर्न असफल हुन्छन्।

तल नझरेका अण्डाशय का 2 प्रकार छन्:

  • एक वा दुवै अण्डाशय महसुस गर्न सकिन्छ तर तिनीहरू गलत स्थानमा हुन्छन् (स्पर्श गर्न सकिन्छ)।
  • एक वा दुवै अण्डाशय बिल्कुलै महसुस गर्न सकिँदैन (स्पर्श गर्न सकिँदैन)।

अण्डाशय तल झर्न केही महिना लाग्न सक्छ।

100 जना बच्चाहरू मध्ये लगभग 4 जना बच्चाहरू (4%) मा जन्मैदेखि यो अवस्था लिएर आएका हुन्छन्। बालकहरू यो अवस्था लिएर जन्मने सम्भावना बढाउन सक्ने कारणहरूमा अवधि अगावै जन्मिनु (गर्भधारणको 37 औँ हप्ताअघि), जन्मँदा तौल कम हुनु, र परिवारमा अवतन नभएका अण्डाशयको इतिहास हुनु समावेश छन्।

स्क्रिनिङ परीक्षण

प्रशिक्षित स्वास्थ्यकर्मीले तपाईंको शिशुको शारीरिक परीक्षण गर्नेछन्। उनीहरूले तपाईंको शिशुको सामान्य स्वास्थ्यबारे प्रश्नहरू पनि सोध्नेछन्।

परीक्षणको केही भागमा तपाईंको शिशुको लुगा खोल्नुपर्नेछ। परीक्षणको क्रममा स्वास्थ्यकर्मीले निम्न कार्यहरू गर्नेछन्:

  • तपाईंको शिशुको आँखामा हेरेर तिनको रूप र स्थिति जाँच गर्ने।
  • तपाईंको शिशुको हृदयको आवाज सुन्ने।
  • जोड्नीहरू ठीकसँग विकसित भएको र सही काम गर्दैछ भन्ने सुनिश्चित गर्न तपाईंको शिशुको नितम्ब (कम्मरको भाग) जाँच गर्ने।
  • अण्डाशय सही स्थानमा छन् कि छैनन् भनेर सुनिश्चित गर्न बालकको जाँच गर्ने।

परीक्षणको सुरक्षा

यो स्क्रिनिङ परीक्षण गराउँदा कुनै जोखिम हुँदैन।

स्क्रिनिङ तपाईंको विकल्प हो

तपाईंले आफ्नो शिशुको कुनै पनि वा सबै अवस्थाहरूको जाँच र स्क्रिनिङ गराउने निर्णय गर्न सक्नुहुन्छ। परीक्षणको उद्देश्य भनेको उपचार सकेसम्म चाँडो सुरू गर्नका लागि कुनै पनि अवस्थाबारे चाँडै पत्ता लगाउनु हो। तपाईंको शिशुको लागि स्क्रिनिङ सिफारिस गरिन्छ।

परीक्षण नगर्ने निर्णय

यदि तपाईंले स्क्रिनिङ परीक्षण नगराउने निर्णय गर्नुभयो वा कुनै समस्या छ भने, तपाईंले आफ्नो मिडवाइफ र परीक्षण गर्ने स्वास्थ्यकर्मीसँग कुरा गर्नुपर्छ।

सम्भावित परिणामहरू

यदि कुनै अवस्था वा समस्याको आशङ्का गरिएमा, शिशुलाई आवश्यक परे अनुसार थप मूल्याङ्कन र परीक्षणका लागि सिफारिस गरिनेछ। यसमा हिप अल्ट्रासाउन्ड स्क्यान गराउने वा शिशुको हृदय, आँखा वा अण्डाशय जाँच गर्ने विशेषज्ञ टोलीमा सिफारिस गर्ने कुराहरू समावेश हुन सक्छ।

मेरो परिणाम प्राप्त गर्ने

परीक्षण गर्ने स्वास्थ्यकर्मीले तपाईंलाई स्क्रिनिङको परिणाम तुरून्तै दिनेछन्। यदि थप मूल्याङ्कनको लागि सिफारिस आवश्यक परेमा, परीक्षण अवधिमा पनि तपाईंलाई यसबारे जानकारी दिइनेछ।

परिणामहरू तपाईंको शिशुको मेडिकल रेकर्ड र व्यक्तिगत बाल स्वास्थ्य रेकर्ड (‘रेड बुक’) मा रेकर्ड गरिनेछन्। तपाईंले रेड बुक सुरक्षित राख्नुपर्नेछ। तपाईंले आफ्नो शिशुलाई स्वास्थ्यकर्मीकहाँ ल्याउँदा रेड बुक सधैं उपलब्ध हुनुपर्छ।